‘फ्रान्समा पक्राउ परेका इरानी नागरिक स्वदेश फिर्ता’ « Khabarhub

‘फ्रान्समा पक्राउ परेका इरानी नागरिक स्वदेश फिर्ता’


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक वर्ष भन्दा लामो समयदेखि फ्रान्समा बन्दी बनाइएका इरानी नागरिक महदिह एस्फान्डियारी स्वदेश फर्केकी छन् । इरानले दुई फ्रान्सेली नागरिकहरूलाई रिहा गरेको एक हप्ता पछि उनलाई रिहा गरेको जनाइएको छ । 

प्यालेस्टिनी अधिकार कर्मीको रुपमा कार्यरत महदिह एस्फान्डियारी फ्रान्सको जेलबाट रिहा भएपछि इरान फर्केको जनाइएको छ । 

जासुसीको आरोपमा इरानी जेलमा तीन वर्ष भन्दा बढी समय बिताएका फ्रान्सेली नागरिक सिसिल कोहलर र ज्याक पेरिस फ्रान्स रिहा भएको एक हप्ता पछि एस्फान्डियारीको रिहाइ भएको हो ।

यस अघि इरानले एस्फान्डियारीका लागि आदान–प्रदानको रूपमा दम्पतीलाई मुक्त गर्न सकिने सुझाव दिएको थियो ।

गत फेब्रुअरीमा फ्रान्सेली अदालतले उनलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीमा आतंकवाद ठहर गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाएको थियो ।

कोहलर र पेरिसलाई सन् २०२२ मे मा इरानमा पक्राउ गरी जासुसीको आरोपमा तीन वर्षभन्दा बढी जेलमा राखे पछि गत नोभेम्बरमा रिहा गरिएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ४ : ५३ बजे

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति