ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन « Khabarhub

ट्रम्पले भने : खाडी देशहरूमा इरानले आक्रमण गर्ला भन्ने लागेको थिएन


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका बीच खाडी देशहरूमा हमला हुने आशा नभएको बताएका छन्।

उनले यो कुरा फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा भनेका हुन्। ट्रम्पले कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूलाई इरानद्वारा निशाना बनाइने विश्वास आफूलाई नभएको बताएका हुन् । तर इरानले आफूमाथि आक्रमण भएपछि जवाफी कारबाही चलाएको थियो ।

उनले इरान मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका बेला अमेरिकाले रोकेको बताए । ट्रम्पले यदि अमेरिकाले गत वर्ष कारबाही नगरेको भए इरानले छिट्टै परमाणु हतियार बनाउन सक्ने पनि दाबी गरे । इरानले त्यसको प्रयोग क्षेत्रीय देशहरूविरुद्ध गर्न सक्ने उनको अनुमान थियो ।

इरानको प्रतिबन्धित सुपरट्यांकरले हर्मुज स्ट्रेट पार गर्‍यो

इरानको स्थानीय समाचार एजेन्सीका अनुसार, अमेरिकाको रोकतोकका बाबजुद एक प्रतिबन्धित सुपरट्यांकरले हर्मुज स्ट्रेट पार गरेर गरेको छ । यो जहाज इरानको इमाम खुमैनी बन्दरगाहतर्फ प्रस्थान गरेको छ।

रिपोर्टमा यो भीएलसीसी (भेरी लार्ज क्रुड क्यारिअर) कच्चा तेल बोक्न सक्ने जहाज हो । जसले २० लाख ब्यारल कच्चा तेल बोक्न सक्छ। तर, ट्यांकर आफ्नो मालसहित फर्किरहेको थियो या खाली भन्ने स्पष्ट भएको छैन।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ६ : ३९ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति