नेपाल–चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित « Khabarhub

नेपाल–चीन कूटनीतिक सम्बन्धबारे पुस्तक प्रकाशित


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र चीन सम्बन्ध समेटिएको ‘सेभेन्टी इयर्स अफ नेपाल–चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक प्रकाशन गरिएको छ ।

नेपाल इन्सटिच्युसन फर इन्टरनेसनल कोअपरेसन एन्ड इङ्गेजमेन्ट (नाइस) र फुडान युनिर्भसिटीको संयुक्त सहकार्यमा दिल्लीस्थित अड्रोइट प्रकाशनले उक्त पुस्तक प्रकाशन गरेको हो । चिनियाँ प्रोफेसर डा चाङ चिन्डोङ र विवेकध्वज थापाद्वारा सम्पादित उक्त पुस्तक आज काठमाडौँमा लोकार्पण गरिएको हो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ पूर्वराजदूतद्वय डा महेशकुमार मास्के, विष्णुपुकार श्रेष्ठ, चिनियाँ प्रोफेसर चिन्डोङ र सम्पादक थापाले सामूहिक रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा मास्केले नेपाल र चीनबीचको प्राचीन सम्बन्ध सभ्यतासँग जोडिएको हुँदा यसलाई कूटनीतिक दृष्टिले मात्रै हेरेर सीमित धारणा बनाउन नमिल्ने बताए । उनले एक चीन नीतिलाई नेपालले स्वागत गरेको र चीनले पछिल्लो नेपालको राजनीतिक परिवर्तन नजिकबाट नियालेको समेत प्रष्ट पारे ।

पूर्वराजदूत श्रेष्ठले नेपाल र चीनको मित्रता अरु देशको तुलनामा भिन्न रहेको बताए । उनका अनुसार कूटनीतिक रुपमा ७० वर्ष पहिले दुई देशको औपचारिक मित्रता सुरु भएजस्तो देखिए पनि योभन्दा अगाडि तेस्रो शताब्दीदेखि नै सभ्यताको आधारमा सम्बन्ध विस्तार भइरहेको बताए । ‘हाम्रो मुख्य मित्रताको केन्द्र भनेकै सभ्यता हो’, उनले भने, ‘प्राचीनदेखि आधुनिक कूटनीतिक सम्बन्धको यात्रा हेर्दा नेपाल–चीनको सम्बन्ध मजबुत बन्दै गएको छ ।’

प्रोफेसर चिन्डोङले नेपालमा युवा पुस्ताको सरकार आएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धले आधुनिक उचाइ थप्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार प्राचीन सभ्यताले जोडेको सम्बन्धलाई अब डिजिटल युगसम्म आइपुग्दा आर्टिफिसियल इन्टेलिजेन्टस् (एआई)का क्षेत्रमा समेत दुई देशबीचको सहकार्य बलियो बनाउनुपर्छ ।

यसैगरी, पुस्तकका सम्पादक थापाले ट्रान्स हिमालयन कनेक्टीभिटी, सफ्ट पावर इङ्गेजमेन्ट, चीन नेपाल सम्बन्ध इतिहासलगायतका विषय समेटिएका लेखहरु पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा चीन र नेपालका विज्ञहरुद्वारा लेखिएका ३४ लेखहरु समावेश छन् । लेखक प्रशान्तकुमार विकले चीन र नेपालका विद्वानहरुले सहकार्य गरेर लेखिएको यो पहिलो पुस्तक रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ८ : १७ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट