इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा « Khabarhub

इरानको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ।

मन्त्रालयका अनुसार झा रिहा भएको जानकारी औपचारिक रूपमा प्राप्त भइसकेको छ र अब आवश्यक कूटनीतिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइनेछ।

झाको रिहाइबारे उनका परिवारजनलाई पनि सरकारी निकायमार्फत जानकारी गराइएको छ। केहीबेरअघि मात्रै आफूहरूले झा रिहा भएको खबर पाएको परिवार स्रोतले बताएको छ ।

अमृत झा इजरायल–अमेरिका र इरानबीच तनाव चर्किनुअघि इन्धन ल्याउने काममा इरान पुगेका थिए । दुबईस्थित एक पानीजहाज कम्पनीमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल बोकेर फर्किने क्रममा इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका झा ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीको जहाज सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ९ : २१ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ