रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने « Khabarhub

रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नियमअनुसार उक्त जिम्मेवारी प्रमुख प्रतिपक्षीलाई दिन लागिएको जानकारी दिएका छन्।

यस निर्णयसँगै नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ। कांग्रेसले यसअघि नै समितिको नेतृत्वका लागि उम्मेदवारी दिने संकेत गरिसकेको थियो। कांग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सभापतिमा दाबी रहने बताएका थिए।

कांग्रेसभित्र सभापतिका लागि भीष्मराज आङ्देम्बे, निष्कल राई लगायतका नेताहरूको नाम चर्चामा रहेको छ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति बनेका थिए। एमाले र कांग्रेसबीच सरकार गठन भएपछि सत्तापक्षकै नेताले लेखा समितिको नेतृत्व लिएको भन्दै आलोचना भएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ५७ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६