रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने « Khabarhub

रास्वपाले लेखा समितिको सभापति प्रतिपक्षीलाई दिने


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नियमअनुसार उक्त जिम्मेवारी प्रमुख प्रतिपक्षीलाई दिन लागिएको जानकारी दिएका छन्।

यस निर्णयसँगै नेपाली कांग्रेसले सार्वजनिक लेखा समितिको सभापति पाउने भएको छ। कांग्रेसले यसअघि नै समितिको नेतृत्वका लागि उम्मेदवारी दिने संकेत गरिसकेको थियो। कांग्रेस नेता भीष्मराज आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलका तर्फबाट सभापतिमा दाबी रहने बताएका थिए।

कांग्रेसभित्र सभापतिका लागि भीष्मराज आङ्देम्बे, निष्कल राई लगायतका नेताहरूको नाम चर्चामा रहेको छ।

२०७९ सालको निर्वाचनपछि नेकपा एमालेका ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति बनेका थिए। एमाले र कांग्रेसबीच सरकार गठन भएपछि सत्तापक्षकै नेताले लेखा समितिको नेतृत्व लिएको भन्दै आलोचना भएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : ५७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ