‘बलुचिस्तानमा व्यक्ति बेपत्ता पार्ने र गैरन्यायिक हत्याका घटना बढ्यो’ « Khabarhub

‘बलुचिस्तानमा व्यक्ति बेपत्ता पार्ने र गैरन्यायिक हत्याका घटना बढ्यो’


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलुच मानवअधिकारकर्मी डा. शाली बलुचले बलुचिस्तानमा व्यक्ति बेपत्ता पार्ने र गैरन्यायिक हत्याका घटना डरलाग्दो रूपमा बढिरहेको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६१ औँ सत्रमा भिडियो लिंकमार्फत सम्बोधन गर्दै उनले यस्ता मानवअधिकार उल्लंघनका घटनामा जवाफदेहिताको चरम अभाव रहेको बताइन् ।

बलुच महिला फोरमकी मुख्य संयोजक डा. बलुचले एक जिम्मेवार राजनीतिक शक्तिको रूपमा आफूहरूले निरन्तर आवाज उठाइरहेको उल्लेख गरिन् । उनले अमानवीय र गैरन्यायिक अभ्यासका दोषीलाई कारबाही गर्न बारम्बार माग गरे पनि आफ्ना सरोकारहरूलाई बेवास्ता गरिएको गुनासो गरे ।

पछि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले बलुचिस्तानमा न्याय र जवाफदेहिताको अभावमा मानवअधिकारको अवस्था निकै चिन्ताजनक रहेको दोहोर्‍याइन् । पारदर्शी अनुसन्धानका लागि गरिएका पटक-पटकका आग्रहहरूको कुनै सुनुवाइ भएको छैन । यसले गर्दा पीडित परिवारहरू लामो समयदेखि तनाव, अन्योल र शोकमा बस्न बाध्य छन् ।

डा. बलुचले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र राज्यका अधिकारीहरूलाई बलुच जनताका पीडा गम्भीरतापूर्वक सुन्न आग्रह गरिन् । उनले जनताको मौलिक अधिकारको संरक्षण सुनिश्चित गर्न समेत माग गरिन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : १६ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण