पाँचौ नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख १५ देखि « Khabarhub

पाँचौ नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख १५ देखि


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँचौ संस्करणको नेपाल ग्रामिण चलचित्र महोत्सव वैशाख १५ देखि १७ गतेसम्म हुने भएको छ । 

यस संस्करणको महोत्सवका लागि आयोजक सर्लाही पुगेको छ । सर्लाहीमै पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा र सार्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमारलगायत उपस्थित थिए । 

‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने नारासहित हुँदै आएको यस महोत्सवमायसअघि विभिन्न ग्रामिण जिल्लामा हुँदै आएको थियो । 

पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले ग्रामीण कथा र मधेशको संस्कृतिमा केन्द्रित फिल्मलाई प्रवर्द्धन गर्न यसपटक सर्लाही महोत्सव गर्न लागिएको बताए ।

गाउँपालिका अध्यक्ष राज कुमार महतोले यस्ता किसिमको महोत्सवले पर्यटन प्रवर्धन गर्नुको साथै स्थानीय ठाउँलाई देश विदेशमा चिनाउने सहयोग पुग्ने बताए ।

महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाका ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा फिल्म चयन गरिएको आयोजकले बताएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ५ : ०९ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको