पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी « Khabarhub

पूर्वराजासँग हुलिया मिलेपछि मनोजले माग्नुपर्‍यो माफी


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कमेडी दरबार’का जजका लागि निर्माण गरेको चरित्रका कारण विवादमा फसेपछि हाँस्य कलाकार मनोज गजुरेलले माफी माग्नु परेको छ । 

उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गरी माफी मागेका हुन् । 

मनोज कमेडी दरबारको तेस्रो सिजन घोषणा कार्यक्रममा सहभागी हुँदा महाराजको चरित्रमा देखिएका थिए । त्यही कार्यक्रमको भिडियो र फोटो सार्वजनिक भएपछि उनको आलोचना सुरु भएको हो । 

राजावादीहरूले उनको आलोचना गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग हुलिया मिलेपछि उनीहरू चिडिएका छन् । 

हुलिया मिलेकै कारण भएको आलोचनमा मनोज माफी माग्न बाध्य भए । 

उनले कमजोरी भएको स्वीकार गर्दै लेखेका छन्, ‘कमेडी दरबार टिमले एउटा काल्पनिक चरित्रका रूपमा मात्र प्रस्तुत गरिएको थियो । तर, सार्वजनिक संवेदनशीलताका विषयमा हाम्रो तर्फबाट कमी–कमजोरी हुन गएमा खुला हृदयले क्षमा माग्दछौं ।’

यति मात्रै होइन उनले आगामी दिनमा थप सचेत र जिम्मेवार रहनेसमेत प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ४१ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै