गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू « Khabarhub

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका छन् । 

संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक भएको सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको भएको बताए ।

यसका साथै उनले सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गरे। यसअघि चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणपछि विवाद उत्पन्न भएको थियो । 

सार्वजनिक विवरण अनुसार गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार चितवनको भरतपुरमा १८–३० कट्ठा तथा गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको उल्लेख थियो ।

त्यस्तै धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। विवरण अनुसार गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी तथा करिब ६० लाख रुपैयाँ नगद रहेको छ ।

बैंक खातातर्फ नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४०० रुपैयाँ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको विवरणमा उल्लेख थियो । 

तर नगद आम्दानीको स्रोत भने खुलाइएको थिएन। सुनलाई भने पैत्रिक सम्पत्ति भएको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : १७ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने