गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू « Khabarhub

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण दिएका छन् । 

संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सार्वजनिक भएको सम्पत्ति हजुरबुवाको अंशबण्डा नहुँदैको भएको बताए ।

यसका साथै उनले सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन पनि आग्रह गरे। यसअघि चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणपछि विवाद उत्पन्न भएको थियो । 

सार्वजनिक विवरण अनुसार गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको उल्लेख थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार चितवनको भरतपुरमा १८–३० कट्ठा तथा गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको उल्लेख थियो ।

त्यस्तै धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। विवरण अनुसार गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी तथा करिब ६० लाख रुपैयाँ नगद रहेको छ ।

बैंक खातातर्फ नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४०० रुपैयाँ र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको विवरणमा उल्लेख थियो । 

तर नगद आम्दानीको स्रोत भने खुलाइएको थिएन। सुनलाई भने पैत्रिक सम्पत्ति भएको उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : १७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ