प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ « Khabarhub

प्रतिपक्षी दललाई सभामुखले भने- आगामी बैठकहरूमा सबैसँग छलफल गरेर अगाडि बढ्छौँ


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले संसदीय अभ्यासअनुसार सासद्लाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।  

बिहीबार सिंहदरबारमा बसेको नेपाली काँग्रेस, एमाले र नेकपाको संयुक्त बैठकपछि सभामुख डोल प्रसाद अर्यालसंग छलफल गर्दै विपक्षी दलका सांसदहरूले संसदीय अभ्यासअनुसार संसद् चल्नुपर्ने र सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दलले पाउनु पर्ने परम्परालाई स्थापित गर्न आग्रह गरेका हुन् ।

छलफलपछि नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले विगतको परम्परा अनुसार नै संसदीय अभ्यासअनुसार सांसदलाई अघि बढाउन आग्रह गरिएको बताए । उनले परामर्श समितिमा विगतमा सबै दलहरूसँग परामर्श गरेर कार्य प्रक्रिया बढाउने अभ्यासलाई पनि निरन्तरता दिन आग्रह गरिएको उल्लेख गरे । 

छलफलका क्रममा सभामुख अर्यालले आगामी बैठकहरूमा दलहरूसँग पर्याप्त छलफल गरेर समन्यात्मक ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको दुलालले बताए । 

उनले सार्वजनिक लेखा समितिको सभापतिमा नेकपाले कांग्रेसलाई सघाउने जानकारी दिए । छलफलमा कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी, भरत खड्का, भीष्मराज आङ्दाम्बे र योगेश गौचन एमालेबाट गुरु बराल र पदमा अर्याल तथा नेकपाबाट वर्षमान पुन र युवराज दुलाल सहभागी भएका थिए । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : २८ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक