निर्वाचनलाई कारण देखाउँदै एमालेले सदस्यता नवीकरणको म्याद जेठ मसान्तसम्म बढायो « Khabarhub

निर्वाचनलाई कारण देखाउँदै एमालेले सदस्यता नवीकरणको म्याद जेठ मसान्तसम्म बढायो


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता नवीकरणको म्याद २०८३ जेठ मसान्तसम्म बढाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयले बिहीबार जारी गरेको पत्रमा भनिएको छ, ‘आमनिर्वाचनको कारण विधानमा व्यवस्था भएको सदस्यता नवीकरण फागुन–चैतमा गर्ने व्यवस्थालाई हाल सदस्यता नवीकरण गर्न २०८३ जेठ मसान्तसम्मलाई तोकिएको छ ।’

पार्टीको दोस्रो विधान महाधिवेशन र एघारौं राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित गरेको विधानअनुसार सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

पत्रमा पार्टी सदस्य (धारा–४) र संगठित सदस्य (धारा–५) दुवैको योग्यता र नवीकरण प्रक्रियाबारे स्पष्ट उल्लेख गरिएको छ ।

सदस्यता कार्ड वितरण व्यवस्था

सामान्य पार्टी सदस्य : प्रदेश/जिल्ला कमिटीले आफैंले छपाई गरी कार्ड वितरण गर्नेछन् ।

संगठित सदस्य : पार्टी केन्द्रले डिजिटल कार्ड उपलब्ध गराउनेछ ।

केन्द्रीय कमिटी, सल्लाहकार परिषद् र केन्द्रीय आयोगका सदस्यहरूको नवीकरण केन्द्रीय कार्यालयबाटै हुने महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलले पत्रमा सबै प्रदेश तथा जिल्ला कमिटीलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गरी यथाशीघ्र संगठन विभागमा डिजिटल रेकर्ड अध्यावधिक गर्न निर्देशन दिएका छन् ।

पत्रमा भनिएको छ, ‘तोकिएको समयभित्र सदस्यता नवीकरण गरी यथासमयमा नै संगठन विभागमा आफ्नो रेकर्ड डिजिटल्ली अध्यावधिक गर्नुहुन निर्देशित गरिन्छ ।’

एमालेले यो निर्णयबाट आगामी दिनमा संगठन सुदृढीकरण र सदस्यता अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा राखेको छ। एमालेलाई भदौको जेन-जी आन्दोलन र फागुन २१ को निर्वाचनबाट इतिहासकै कडा धक्का लागेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : ०६ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय