एमालेका युवा-विद्यार्थीको निष्कर्ष : भदौको घटनामा नेतृत्वले माफी माग्नुपर्छ, अब पार्टी यसरी चल्दैन « Khabarhub

एमालेका युवा-विद्यार्थीको निष्कर्ष : भदौको घटनामा नेतृत्वले माफी माग्नुपर्छ, अब पार्टी यसरी चल्दैन


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला समितिले वर्तमान नेतृत्वका कारण पार्टी अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ।

ललितपुरमा बसेको आठौं पूर्ण बैठकले पार्टीको वर्तमान नेतृत्वले भदौ २३ र २४ गतेका घटनाको यथार्थपरक विश्लेषण गर्दै आत्मालोचना गर्नुपर्ने माग गरेको छ ।

बैठकले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको पार्टी नेतृत्वले भदौ २३ र २४ गतेका घटनाको यथार्थपरक विश्लेषण गरी माफी माग्नुपर्छ । यही नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन ।’

प्रतिवेदनमा पार्टी नेतृत्व तथा कार्यकर्ताहरूबीच देखिएको दूरी घटाउन नयाँ योजनासहित जनतासँग जोडिनुपर्ने पनि उल्लेख गरिएको छ।

त्यसैगरी उक्त प्रतिवेदनमा विगतमा सरकारमा हुँदा गरिएका राम्रा कामको व्यापक प्रचार गर्नुपर्ने, नेतृत्वमा देखिएको गम्भीर सांस्कृतिक तथा नैतिक विचलनमा कारबाही गर्नुपर्ने लगायतका २० भन्दा बढी बुँदाहरू समेटिएका छन् ।

मुख्य सुझाव तथा आलोचना :

एमाले नेतृत्वले कार्यकर्तालाई विश्वासमा लिएर काम गर्न नसकेको
एमाले नेतृत्व र कार्यकर्ताबीचको दूरी बढ्दा पार्टी कमजोर भएको
जिम्मेवारी तोक्दा योग्यता र क्षमताको आधारमा तय गरिनुपर्ने
व्यक्तिगत आस्था वा कुनै विशेष नेताप्रतिको निष्ठाका आधारमा भेदभाव गर्न नहुने
केन्द्रका केही नेतामाथि भ्रष्टाचार, हत्या, यातना जस्ता गम्भीर आरोप लागे पनि पार्टीले कारबाही गर्न नसकेको
११औं महाधिवेशनमा प्रतिनिधि छनोट व्यक्तिगत इच्छाअनुसार गरिएको, अब लोकतान्त्रिक अभ्यासको पालना गर्नुपर्ने
पार्टी केन्द्रले सामाजिक तथा राजनीतिक विश्लेषण गर्न नसकेको
संगठनात्मक संरचना पुरानो र अक्षम भएको भन्दै सुधार गर्नुपर्ने

उक्त बैठकले ‘पानीको मुहान सफा गर्नुपर्छ, तर मुहान सफा गर्न कोही अघि बढ्दैन’ भन्ने सांकेतिक अभिव्यक्तिमार्फत् पार्टीको शीर्ष नेतृत्वदेखि तल्लो तहसम्म आत्मालोचना र सुधारको आवश्यकता औंल्याएको छ ।

‘पानीको मुहान फोहोर छ भने हामी धारो सफा पानीको अपेक्षा गरिरहेका छौं । मुहान सफा गर्न नलाग्ने हो भने हामीमाथि आक्रमण हुनु स्वाभाविक हो,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : २२ बजे

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको

रोल्पामा पहिरोले घरगोठ पुरिँदा दुईजनाको मृत्यु, दुईजना घाइते

रोल्पा– अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज