पाकिस्तानमा एचआईभी सङ्क्रमण बढ्दै « Khabarhub

पाकिस्तानमा एचआईभी सङ्क्रमण बढ्दै


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा स्वास्थ्य क्षेत्र प्रायः ओझेलमा पर्ने गरेको छ। हालैका रिपोर्टहरूका अनुसार देशमा ८४,४२१ जना एचआईभी/एड्स संक्रमित दर्ता भएका छन् । सबैभन्दा बढी संक्रमित पञ्जाबमा छन् भने त्यसपछि क्रमशः सिन्ध, खैबर पख्तुनख्वा र बलुचिस्तान रहेका छन् । दाह्री कपाल काट्दा असुरक्षित सामग्रीको प्रयोग , दन्त उपचार र असुरक्षित सुईको प्रयोगका कारण यो रोग फैलिरहेको बताइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पाकिस्तानमा धेरै संक्रमितहरू आफ्नो अवस्थाबारे नै अनभिज्ञ छन्। पछिल्लो १५ वर्षमा नयाँ संक्रमण दर २०० प्रतिशतले बढेको छ। सन् २०१० मा १६ हजार रहेको नयाँ संक्रमण संख्या २०२४ मा ४८ हजार पुगेको छ।

कुल ३ लाख ५० हजार मानिस एचआईभीसँग बाँचिरहेको अनुमान गरिए पनि १० मध्ये ८ जनालाई आफ्नो संक्रमणबारे थाहा छैन। बालबालिकाहरू पनि यसको जोखिममा छन्। पाकिस्तानी समाजमा एचआईभीलाई अझै पनि लुकाएर राख्ने चलन छ । यसले गर्दा संक्रमितहरू सामाजिक बहिष्करणको डरले खुल्न सक्दैनन्।

सिन्धको ग्रामीण भेगमा सुईको पुन: प्रयोगका कारण सयौँ बालबालिका संक्रमित भएको घटनाले स्वास्थ्य प्रणालीको असफलतालाई उजागर गरेको छ। यस्तो लापरबाहीले संकटलाई थप भयावह बनाएको छ। अमेरिकी नीतिमा आउन सक्ने परिवर्तनले भविष्यमा औषधि आपूर्तिमा अवरोध आउन सक्ने जोखिम छ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : ०३ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि