यूएईको ३.५ अर्ब डलर ऋण तिर्ने पाकिस्तानको तयारी « Khabarhub

यूएईको ३.५ अर्ब डलर ऋण तिर्ने पाकिस्तानको तयारी


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानले यसै महिना संयुक्त अरब इमिरेट्स यूएईको ३.५ अर्ब डलर ऋण तिर्ने तयारी गरेको छ । ‘द एक्सप्रेस ट्रिब्यून’ का अनुसार पाकिस्तानी राजनीतिक नेतृत्वले सो रकम पूर्ण रूपमा फिर्ता गर्ने निर्णय गरेको हो । यो ऋणमध्ये ४५ करोड डलर सन् १९९६–९७ मा एक वर्षका लागि लिइएको थियो, जुन झन्डै तीन दशकपछि अर्को हप्ता फिर्ता गरिँदैछ ।

केही सरकारी अधिकारीहरूले भने ऋणको केही हिस्सालाई लगानीमा परिणत गर्ने विषयमा अझै छलफल भइरहेको बताएका छन्। यसअघि यूएईले सो ऋणको भाका सार्न (रोल ओभर) अनिच्छा देखाएको रिपोर्टहरू सार्वजनिक भएका थिए ।

यद्यपि, मध्यपूर्वमा बढ्दो तनाव र अमेरिका, इजरायल तथा इरानबीचको युद्धका कारण पाकिस्तानले ऋण चुक्ता गर्ने प्रक्रियालाई तीव्रता दिएको देखिन्छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानमा गरेको आक्रमणपछि यस क्षेत्रको परिस्थिति निकै तनावपूर्ण बनेको छ ।

त्यसपछि इरानले पनि मध्यपूर्वका विभिन्न स्थानमा जवाफी आक्रमण गरेको थियो । यही बदलिँदो भू-राजनीतिक अवस्थाका बीच पाकिस्तानले आफ्नो ऋण दायित्व पुरा गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ५ : २० बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय