भारतलाई तेल र ग्यास उपलब्ध गराउने रुसको प्रतिबद्धता « Khabarhub

भारतलाई तेल र ग्यास उपलब्ध गराउने रुसको प्रतिबद्धता


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका, इजरायल र इरानबीचको युद्धका कारण उत्पन्न तेल संकट र आपूर्ति अवरोधका बीच रुसले भारतलाई ठुलो आश्वासन दिएको छ।

रुसले आफ्ना ऊर्जा कम्पनीहरू भारतलाई तेल र तरल प्राकृतिक ग्यासको आपूर्ति निरन्तर बढाउन सक्षम रहेको बताएको छ। साथै, रुसले भारतको मलको आवश्यकतालाई पनि निरन्तर सम्बोधन गरिरहने प्रतिबद्धता जनाएको छ।

रुसी उपप्रधानमन्त्री डेनिस मान्तुरोभले दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरूबीच मल आपूर्तिका विषयमा विशेष छलफल भएको थियो।

मान्तुरोभले विदेश मन्त्री एस. जयशंकर, अर्थ मन्त्री निर्मला सीतारमण र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरी भारतमा ऊर्जा आपूर्तिको निरन्तरताबारे छलफल गरेका छन् । यस भ्रमणले संकटको समयमा दुई देशबीचको रणनीतिक र व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने देखिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ६ : ०८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको