उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ ।

आयोगका अनुसार, तिवारीको जागिर अवधि (२०४४/०५/१९ देखि २०७८/०१/०९ सम्म) मा वैधानिक आय १४ करोड ५५ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा मात्र देखिएको छ ।

तर त्यही अवधिमा खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा भएको देखिएकाले कुल आयभन्दा खर्च १० करोड ५४ लाख ९५ हजार बढी भएको ठहर अख्तियारको छ।

यो मुद्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वप्रमुख प्रशासकीय पदाधिकारीमाथिको ठूलो भ्रष्टाचार प्रकरण हो ।

श्रीमती र छोरी पनि प्रतिवादी

तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीराको नाममा समेत लगानी गरेको देखिएकाले उनीहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

मागदाबी

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ (र साविक ऐन २०१७) बमोजिम तिवारीलाई बिगोबराबर जरिवाना, कैद र थप सजाय माग गरेको छ । यसका साथै, लुकाइएको सम्पत्ति जफत गर्न र झुट्टा सम्पत्ति विवरण पेस गरेकोमा पनि सजाय माग गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ६ : १३ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली