उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ ।

आयोगका अनुसार, तिवारीको जागिर अवधि (२०४४/०५/१९ देखि २०७८/०१/०९ सम्म) मा वैधानिक आय १४ करोड ५५ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा मात्र देखिएको छ ।

तर त्यही अवधिमा खर्च तथा लगानी २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा भएको देखिएकाले कुल आयभन्दा खर्च १० करोड ५४ लाख ९५ हजार बढी भएको ठहर अख्तियारको छ।

यो मुद्दा काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वप्रमुख प्रशासकीय पदाधिकारीमाथिको ठूलो भ्रष्टाचार प्रकरण हो ।

श्रीमती र छोरी पनि प्रतिवादी

तिवारीले आर्जन गरेको गैरकानुनी सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीराको नाममा समेत लगानी गरेको देखिएकाले उनीहरूलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरूको नाममा रहेको सम्पत्ति जफत गर्न माग गरिएको छ ।

मागदाबी

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ (र साविक ऐन २०१७) बमोजिम तिवारीलाई बिगोबराबर जरिवाना, कैद र थप सजाय माग गरेको छ । यसका साथै, लुकाइएको सम्पत्ति जफत गर्न र झुट्टा सम्पत्ति विवरण पेस गरेकोमा पनि सजाय माग गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ६ : १३ बजे

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६