अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज « Khabarhub

अत्यधिक रिपोर्टले ‘सस्पेन्ड’मा पर्‍यो हर्कको फेसबुक पेज


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब १४ लाख फलोअर भएको श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज सस्पेन्डमा परेको छ।

हर्कले अर्को फेसबुक पेजबाट लाइभमा आएर आफ्नो पेजमा अत्यधिक रिपोर्ट परेर सस्पेन्डमा परेको बताएका छन् । दार्चुलामा पुल निर्माण र धरानमा जेष्ठ नागरिक पार्कको लागि सहयोग अभियान चलाइरहेका बेला फेसबुक पेज नै सस्पेन्डमा परेको उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक फेसबुक पेज बिनास्पष्ट कारण निलम्बन गरिएको दाबी गर्दै यसप्रति आपत्ति जनाएका छन्। साम्पाङले आफूले जनताको आवाज उठाउँदै आएको र त्यसकै कारण पेजमाथि धेरै रिपोर्ट गरेर निलम्बन गरिएको बताएका छन् ।

उनले फेसबुक व्यवस्थापनसँग पेज पुनः सञ्चालनमा ल्याउन आग्रह गर्दै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अपिल गरेका छन्। आफ्ना समर्थकहरूलाई वैकल्पिक माध्यमबाट सूचना प्रवाह जारी राख्न पनि उनले बताएका छन्।

साम्पाङको फेसबुक पेज निलम्बन हुनुको आधिकारिक कारण भने सार्वजनिक भइसकेको छैन। उनका सहयोगी समिर तामाङले पनि अत्यधिक रिपोर्ट परेकाले पेज सस्पेन्ड भएको बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ७ : ०४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स