प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर « Khabarhub

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका हुन् । 

संसदीय सुनुवाइ समितिमा सदस्य रञ्जु न्यौपानेको स्थानमा सांसद पुनमकुमारी अग्रवाल र सांसद चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा रहनेगरी हेरफेर भएको छ । 

सांसद राम लामा र सांसद गणेश कार्की राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, जगदीश खरेल (ललितपुर) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हेरफेर भएका छन् ।

त्यस्तै, सांसदहरू दीपकराज बोहरा र बब्लु गुप्ता अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्यव्यवस्था तथा सुशासन समिति, सांसदहरू रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा हेरफेर भएका छन् । 

सांसद हरिप्रसाद भुसाल अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सांसद चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हेरफेर भएका छन् । 

अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी सभामुख अर्यालले समिति सदस्यको हेरफेर गरेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए । 
 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ०२ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने