जात्रामय बन्यो टोखा « Khabarhub

जात्रामय बन्यो टोखा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय बनेको छ । सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको ऐतिहासिक विस्काः नख (जात्रा)लाई टोखाको विशेष पर्वका रूपमा लिने गरिन्छ ।

जात्राको तेस्रो दिन आज बिहान ७ः०० बजे तपलाक्षीः बाट सिन्दूरजात्रा गरी देवता उठाएर बजार परिक्रमा गरिएको छ । बिहान ११ः०० बजे हासल टोलमा सबै रथ बिसाइएको र दिउँसो ३ः०० बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा लगेर चोख्याइएको छ ।

उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रमा गरी कोनेलाक्षीमा लगिएको छ । आज राति भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहिआएको छ । मौलिक बाजागाजाको मौलिक धुन, सद्भाव र उल्लासका साथ सङ्गीतमय वातावरणमा यस जात्रालाई मनाइएको छ ।

यसबाहेक टोखाकै धापासीमा समेत आज जात्रा मनाइएको छ । भक्तपुरको ठिमी जस्तै हुने यो जात्रालाई काठमाडौँको विस्काः जात्राका रुपमा लिने गरिन्छ । यस वर्ष टोखामा विस्का जात्रा मनाउने सङ्ख्या बढेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ९ : ०७ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड