बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी « Khabarhub

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

६० वर्षीय गौचनले २०७४ सालमा घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण ३८ हजार १५० र १५ हजार बीउ पुँजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

‘घुम्तीकोषको ऋण र बीउपुँजीबाट तीन माउ बाख्रा किनेर घरमा भएका दुई वटा बाख्रामा थपेर पाँच वटा बनाएको थिएँ तर दुई वटा मरे’, उनले भने, ‘जमुनापारी जातको बाख्राको नश्ल सुुधारका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बोयर जातको बोका पाएपछि मेरो गोठमा बाख्राको सङ्ख्या बढेर १२० सम्म पुग्यो ।’

हाल ७० खसीबोका, पाठापाठी र माउबाख्रा छन् । उक्त फार्मबाट वार्षिक १५ भन्दा बढी खसीबोका र उत्तिकै सङ्ख्यामा पाठापाठी बिक्री हुन्छ । मासुका लागि खसीबोका मासु र पाल्नलाई पाठापाठी किन्न ग्राहकहरु गोठमै आउँछन् । पाठापाठी र खसीबोकाको उमेर तथा तौलको आधारमा फरक–फरक मूल्यमा बिक्री हुने गरेको छ ।

बाख्रापालनबाट भएको आम्दानीले घरव्यवहार चलाउन सहज भएको गौचनले बताए । उनलाई व्यवसाय सञ्चालनका लागि श्रीमती र छोरीले साथ दिँदै आएका छन् । बाख्रापालनबाट भएको आम्दानीले कान्छा छोरा लिलेन्द्रलाई पढ्नका लागि अष्टे«लिया पठाएका छन् । वैदेशिक रोजगारीका लागि केही वर्ष पोर्चुगलमा काम गरेका जेठा छोरा सुरेन्द्र जन्मथलो फर्किएर बुबा कृष्णलाई बाख्रापालनमा साथ दिँदै आएका छन् ।

वैदेशिक रोजगारीमा सेचोजस्तो सफलता नमिलेपछि घर फर्किएर बुबालाई बाख्रापालनमा साथ दिएको सुरेन्द्रले बताए । ‘विदेशमा गर्ने मेहनत र बगाउने श्रम पसिनाबाट आफ्नै देशभित्र पनि केही गर्न सकिने रहेछ भन्ने बुबाको व्यवसायबाट सिकेर साथ दिएको छ’, उनले भने, ‘विदेशको अनुभव पनि गरियो । अब यतै व्यवस्थित रुपमा बाख्रापालन गर्ने सोचाइमा छु ।’

बाख्रापालनका लागि गौचनले लमसुङ र मरेनी दुई ठाउँमा गोठ बनाएका छन् । चरनका लागि दुई–दुई महिनामा लमसुङ र मरेनीमा गोठ सार्ने गर्दै आएका छन् । खोर निर्माणका लागि पछिल्लोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले एक लाख ५० हजार सहयोग गरेको गौचनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ४० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने