सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने « Khabarhub

सञ्चारमन्त्रीले गरे सुरक्षण मुद्रणको निरीक्षण : २४ घण्टामै लाइसेन्स छापिने


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था शुक्रबारदेखि नै लागू भएको घोषणा गरे ।

लामो समयदेखि सेवाग्राहीले लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताए । “अब सम्भव भएसम्म काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्,” उनले भने, “लाइसेन्सका लागि वर्षौँ कुर्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।”

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले अर्बौँ खर्चेर खरिद गरिएका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको बताउँदै ती मेसिनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न मन्त्रालयले पहल सुरु गरेको जानकारी दिए । केन्द्रमा रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरणलाई अब प्रभावकारी रूपमा उपयोग गरिने उनको भनाइ थियो । उनले नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राखेर सेवाग्राहीमैत्री वातावरणमा काम गर्न केन्द्रलाई निर्देशनसमेत दिएका छन् ।

देशभरको इन्टरनेट र मोबाइल सेवाको गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री तिमिल्सिनाले आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको दाबी गरे ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भविष्यमा राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता संवेदनशील सामग्री यहीँबाट छाप्न सक्ने गरी क्षमता विकास भइरहेको जानकारी दिए । उनका अनुसार हाल केन्द्रले दैनिक ४० हजार थान लाइसेन्स छापिरहेको छ । वैशाख १२ गतेभित्र थप १२ लाख र बाँकी १७ लाख थान लाइसेन्स असार मसान्तसम्म छापिसक्ने केन्द्रको योजना छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ३१ बजे

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व