हुलाकबाट पठाउन थालियो लाइसेन्स, सेवाग्राहीको घरमै पुर्‍याउने तयारी « Khabarhub

हुलाकबाट पठाउन थालियो लाइसेन्स, सेवाग्राहीको घरमै पुर्‍याउने तयारी


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात कार्यालयमा पठाउन सुरु गरेको छ । यो सेवा चैत २६ गतेबाट सुरु गरिएको हो । ‘हामीले इम्बोस्ड नम्बर प्लेट पठाउन सरकारसँग पहिले नै गरेको सम्झौता अनुसार अहिले लाइसेन्स पनि पठाउन थालेका हौँ,’ विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले भनिन् ।

उनका अनुसार २६ चैतमा प्राप्त भएको लाइसेन्स २७ चैतमा झापा पठाइएको थियो । जुन आइतबार कार्यालय खुलेपछि मात्रै हस्तान्तरण गरिएको उनले बताइन् । त्यस लगत्तै विभागबाट आएका थप लाइसेन्स अहिले सुनसरी, डडेलधुरा, डोटी लगायतका कार्यालयमा पठाइसकिएको पंगेनीको भनाइ छ । उनका अनुसार लाइसेन्सकै लागि भने नयाँ सम्झौता भइसकेको छैन ।

‘हामीले अहिले पुरानो सम्झौतालाई नै हामीले अहिले आधार मानेर विभागले दिएको ठेगानामा पठाइरहेका छौँ । योसँगै सेवाग्राहीको घरसम्मै वा नजिकको कार्यालयसम्म पुर्‍याउनका लागि लाइसेन्सको फर्म भर्दा नै ठेगानासमेत तोक्ने गरी प्रणाली विकासबारे समेत छलफल भइरहेको छ,’ उनले भनिन् ।

उक्त प्रणाली विकास गर्नसके ७ सय ५३ वटै पालिकामा भएका हुलाक कार्यालयले घरघरमै सेवा दिनसक्ने पंगेनीको भनाइ छ । यातायात व्यवस्था विभाग मार्फत देशभर हाल ४२ वटा कार्यालयहरु छन् । तिनै कार्यालयसम्म छपाइ भएका लाइसेन्स पठाइएको विभागका सूचना तथा प्रविधि शाखा प्रमुख केशव खतिवडाले बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा हुलाकमार्फत लाइसेन्स, नागरिकता र पासपोर्ट नागरिकको घरसम्म पुर्‍याउने उल्लेख गरिए अनुसार सेवा सुरु भएको हो । जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको यातायात व्यवस्था विभागले लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेको थियो ।

कार्तिक १२ गते गरिइएको उक्त सम्झौता अनुसार केन्द्रले यतिबेला प्रतिदिन ४० हजार थान लाइसेन्स छपाइ गर्दै आएको छ । जुन वैशाख १२ गते भित्र सम्पन्न गर्नुपर्नेछ । योसँगै विभनगले बाँकी रहेका १७ लाख थान छपाइका लागि भने शुक्रबार केन्द्रसँग सम्झौता गरिसकेको छ । अब केन्द्रले यहि असारसम्म वर्षौदेखि छपाइ हुन बाँकी रहेका सबै लाइसेन्सको छपाइ सम्पन्न गर्ने दाबी गरेको छ ।

यसैक्रममा शुक्रबार काभ्रेको पनौती नगरपालिका –५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षणमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रयोगात्मक परिक्षा पास गरेको २४ घण्टाभित्रै लाइसेन्स छपाइ गर्न केन्द्रलार्य निर्देशन दिएका छन ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ३ : १० बजे

चितवनमा यस वर्ष ४५८ दुर्घटना

चितवन- चितवन जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ

१२ संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै

एमाले–नेकपा एकता : आलोचनात्मक चेत राख्ने नेकपा नेताहरूको असहमति

काठमाडौं– पछिल्लो समय नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

पर्यटकलाई आकर्षित गर्दै बराहताल

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म