कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागुऔषध बरामद गरिएको छ । “गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो”, प्रहरी उपरीक्षक खत्रीले भने, “हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौँ ।”

उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए । “टोल विकास समिति तहसम्म स्थानीय चनाखो हुनुपर्ने बेला आइसक्यो”, उनले भने, “लागुऔषध सेवक र दुर्व्यसनको विषयमा प्रहरीलाई समयमा सूचना आदालन प्रदान आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी जेठ महिनाममा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मङ्सिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खुला सीमा नाकाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको छ । पछिल्लो समय नेपाल-भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।

“भारतीय पक्षसित हामीले लागुऔषध नियन्त्रणका लागि गम्भीर हुनु भनिरहेका हुन्छौँ”, उनले भने, “खुला सीमानाकाका कारण कञ्चनपुर र कैलालीका साथै पहाडी जिल्लामा पैठारी हुने गरेको सूचना आउँछ । यो विषयमा अभिभावक, समाजका सबै नागरिक, शिक्षकलगायत सबै चिन्तित र संवेदनशील भएर लाग्नु पर्ने बेला भयो । लागूऔषधले युवा पुस्ता प्रभाविन बने मुलुकमा अर्को समस्या निम्तिन सक्छ ।”

उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागूऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए । “प्रहरी प्रशासनको प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण हुन सम्भव छैन”, खत्रीले भने, “यसका लागि सबै हातेमालो गरौँ । समाजमा सचेतना फैलाऔँ ।”

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : १७ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया