युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू) « Khabarhub

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ फर्किन थालेका छन्। यसका कारण मुख्य सडकहरूमा लामो ट्राफिक जाम देखिएको छ।

शुक्रबार बिहानदेखि बेरुतका दक्षिणी क्षेत्रहरू तथा दक्षिणी शहर र गाउँतर्फ मानिसहरूको आवागमन तीव्र भएको छ। बेरुत–सिडोन–टायर जोड्ने तटीय राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ।

लेबनानको सिडोन शहरमा युद्धविराम लागू भएसँगै शुक्रबार बिहान विस्थापितहरू घर फर्किन थालेका हुन्। यस द्वन्द्वका कारण विशेष गरी दक्षिणी लेबनानमा १० लाखभन्दा बढी मानिसहरू घर छाड्न बाध्य भएका थिए।

सडकहरूमा गाडीहरूको लामो लाइन देखिएको छ भने मानिसहरू झण्डा फहराउँदै अस्थायी राहतको खुशी मनाइरहेका छन्।

धेरै व्यक्तिहरूका हातमा हिजबुल्लाहका पूर्व प्रमुख हसन नसरल्लाहको तस्वीर पनि देखिएको छ। इजरायलले सेप्टेम्बर २०२४ मा गरेको मिसाइल आक्रमणमा नसरल्लाह मारिएका थिए।

इजरायलले नरसंहारकारी आक्रमण गरेपछि लाखौँ लेबनानी विस्थापित भएका थिए । उनीहरूका हजारौँ घर जथाभावी बम हानेर इजरायलले ध्वस्त पारिदिएको छ ।

तस्बिरहरू : एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ३० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय