धनुषामा एक पुरुषको शव फेला « Khabarhub

धनुषामा एक पुरुषको शव फेला


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेला परेको हो । मृतकका छोरा अमित थापाका अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको जानकारी दिइएको छ ।

शव फेलापरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शवको प्राकृतिक मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ४ : ३९ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट