रियलको जीतमा रोड्रिग्वको ह्याट्रिक, गलातासारे ६-० ले पराजित « Khabarhub

रियलको जीतमा रोड्रिग्वको ह्याट्रिक, गलातासारे ६-० ले पराजित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोड्रिग्वकोको ह्याट्रिकसँगै करिम बेन्जिमाको दुई गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जीत निकालेको छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल अन्तरले हराएको हो ।

खेलको अग्रता रियलले चौथो मिनेटमा रोड्रिग्वको गोलबाट लिएको थियो । सातौ मिनेटमा उनैले रियलको अग्रता दोब्बर बनाएका थिए ।

सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।

करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए ।

बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जितर्फ डोर्याएका थिए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ ।

हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।

ब्राजिलियन फरवार्ड रोड्रिग्वले रियल मड्रिडबाट ६ खेलमा मात्र मौका पाएका छन् । उनी दोस्रो पटक च्याम्पियन्स लिगमा देखिएका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : ४२ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी