प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा)- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज वीरगन्जको नारायणी रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

फाइनल खेलमा पहिलो व्याटिङ गरेको सृदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा सीमित भएको थियो । सुदूरपश्चिमका अशोक धामीले ४६ बल खेल्दै ४३ रन जोडेका थिए । त्यस्तै किरण ठगुन्नाले ४२ बल खेल्दै ३५ रन जोडेका थिए । त्यस्तै, सुदूरपश्चिमका नारायण जोशीले ३४ बल खेल्दै २९ रन जोडे । त्रिभुवन आर्मी क्लबका आकाश चन्द र साहाब आलमले सामान तीन–तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको त्रिभुवन आर्मी क्लबले ३४.३ ओभरमा १६४ रन जोड्दै लक्ष्य पछ्याएको हो ।

त्रिभुवन आर्मी क्लबका इमरान शेखले ८२ बल खेल्दै ४६ रन जोडे भने बसिर अहमदले पनि ५६ बल खेल्दै ४५ रन जोेडे । सृदूरपश्चिमका हेमन्त धामीले दुई विकेट र अशोक धामीले एक विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका बसिर अहमद प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टबाट लुम्बिनी प्रदेशका सन्तोष यादव बने । उनले प्रतियोगिताभरिमा २६५ रन र २१ विकेट लिएका थिए । त्यस्तै, वेष्ट बलरबाट सुदूरपश्चिमका हेमन्त जोशी बने । उनले प्रतियोगितामा २५ विकेट लिएका थिए । त्यस्तै वेष्ट ब्याटरबाट गण्डकी प्रदेशका अर्जुन कुमाल बने । उनले प्रतियोगिताभरिमा ५०४ रन जोडेका थिए ।

इमर्जिङ प्लेयर मधेस प्रदेशका आशिक बैठा घोषित भएका छन् । प्रतियोगिताको विजेता टोली त्रिभुवन आर्मी क्लबले नगद रु १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुदूरपश्चिमले रु पाँच लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ३९ बजे

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को