पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै « Khabarhub

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की- देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस सङ्घले आज पत्रकार सम्मेलनमार्फत दिएको हो ।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीहरूको सहभागिता रहने सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताए ।

यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चालिसेले बताए । “विद्यालय तहदेखि नै टेनिस खेल विकास गरी योग्य सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुनेछ”, चालिसेले भने ।

प्रतियोगिताको तयारी पूरा भएसँगै स्थानीय खेलाडीहरूले यो प्रतियोगितालाई अवसरका रूपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरूको अन्य प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न करिब रु तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीको जुनियर वरियतामा सुधार ल्याउनसमेत सहयोग पुग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन् । उनले आफ्ना नातिनातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्षदेखि प्रायोजन गर्दै आएको सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ४१ बजे

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन

परमाणु सम्झौताबिनै इरानसँग युद्ध अन्त्य गर्न तयार हुँदै ट्रम्प, होर्मुज खोल्नुपर्ने शर्त

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा

भारतीय संसद्मा विपक्षीको प्रदर्शन : गृहमन्त्री अमित शाहसँग जवाफ माग्दै नाराबाजी

नयाँदिल्ली- विपक्षी सांसदहरूले सोमबार भारतीय संसद् परिसरमा सरकारविरुद्ध प्रदर्शन गरेका

बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न