वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ « Khabarhub

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित विनोदीले प्राध्यापनसँगै कविता लेखन, खण्डकाव्य, महाकाव्य, बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सम्मान गरे । पूर्वउपकुलपति माथेमाले गोरखाको भाषा, साहित्य, धर्म, संस्कृतिको प्रवर्द्धनमा गोरखा सर्जक समाजले खेलेको भूमिका सराहनीय रहेको बताए ।

नेपाली साहित्यलाई अगाडि बढाउन गोरखाका सर्जकले खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ छ । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष स्व तुलसीप्रसाद न्यौपानेलाई मरणोपरान्त सम्मान गरिएको छ । उनलाई ताम्रपत्रद्वारा सम्मान गरिएको हो । विसं २०७५ मा स्थापना भएको गोरखा सर्जक समाजले वार्षिक रूपमा ‘गोरखा’ गौरव वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको समाजका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिए ।

गोरखा गौरवभित्र साहित्य, अनुसन्धान र विचारहरू समेटिएका छन् । कार्यक्रममा समाजका अध्यक्ष अधिकारीद्वारा लिखित हाइकु सङ्ग्रह ‘झिल्का’ र समाजका महासचिव बुद्धिराज पाण्डेद्वारा लिखित ‘नियात्रा सङ्ग्रह’ विमोचन गरिएको थियो । विसं २०८१ को स्रष्टा सम्मान साहित्यकार मुना अर्याल धिताल र दयाराम अर्याललाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ४७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर