बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल « Khabarhub

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबिच शुक्रबार छलफल भएको छ।

छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तामाङ, शोभा खनाल र एन्जिला गुरुङको सहभागिता थियो ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि उपस्थिति रहेको थियो ।

बैठकमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका छन् ।

छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्रगतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्रयाकमा लैजानुपर्ने बताए । ‘आयोजना सम्पन्न नगर्नुको विकल्प छैन, कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ । अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन’, उनले भने।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ८ : ५० बजे

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प

देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लिड्ससँगको लज्जास्पद हारपछि लिभरपुल प्रशिक्षक चिन्तित

शिकागो – अमेरिका भ्रमणको अन्तिम खेलमा लिड्स युनाइटेडसँग ४–२ को

चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली क्लब स्ट्रासबर्गका

इरानसँग आजैदेखि वार्ता सुरु गर्ने ट्रम्पको दाबी, ‘अत्यधिक ठूलो’ आक्रमण स्थगित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक