सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद « Khabarhub

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट रु तीन लाख २२ हजार र सर्लाही जिल्ला स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट रू दुई लाख ४९० सहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए ।

सशस्त्र प्रहरीले निजहरू सवार रहेको विआर ०६ए ६२९२ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका गणपति रामहरि अधिकारीले सशस्त्र प्रहरीले पछिल्ला दिनमा सीमा क्षेत्रमा सक्रियता बढाएसँगै अवैध सरसमान बरामद हुने क्रम बढेको बताए ।

सशस्त्र प्रहरीले आजै रौतहटका विभिन्न स्थानबाट अवैध भारतीय ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ । सशस्त्र प्रहरीले जिल्लाको परोहा नगरपालिकामा नरकटिया सीमा इलाकामा सानो सीमा स्तम्भ नं ३५५÷२ अन्तर्गत भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध भारतीय ब्रोइलर कुखुरा ५४ थान नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ३० बजे

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा