भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास « Khabarhub

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी निर्माण हुन लागेको हो। उक्त परियोजना बडिगाड गाउँपालिकामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै स्वास्थ्य चौकी निर्माणपछि स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा पहुँच सुधार हुने विश्वास व्यक्त गरेका छन्।

नजिकका छिमेकी राष्ट्र नेपाल र भारतबीच बहुक्षेत्रीय सहकार्य जारी रहेको भारतीय दूतावासले उल्लेख गरेको छ।

यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासलाई गति दिनुका साथै नेपाल सरकारको विकास तथा समृद्धिको प्रयासलाई सुदृढ बनाउने विश्वास दूतावासले व्यक्त गरेको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : ३४ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट