‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध « Khabarhub

‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु, शनिबार सवारी प्रवेश निषेध


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ।

असन क्षेत्रको मौलिकता जोगाउन काठमाडौं महानगरपालिकाले ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। महानगरका अनुसार काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली, जात्रा–पर्व, संस्कार तथा पुर्खाको ज्ञान र सीपको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएपछि हरेक शनिबार उक्त क्षेत्रमा सवारिसाधन प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।

महानगरले यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै स्थानीय रैथाने व्यापार तथा परम्परागत व्यवसाय प्रवर्द्धन गर्ने जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  २ : ४४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने