स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज « Khabarhub

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक महत्वको जलक्षेत्र स्ट्रेट अफ हर्मुज व्यावसायिक जहाजका लागि खुला गरिएसँगै फारसको खाडीमा हप्तौँदेखि अड्किएका दर्जनौँ जहाजहरू बाहिरिन थालेका छन् । समुद्री अनुगमनकर्ताहरूका अनुसार पछिल्लो केही घण्टामा अङ्गोला, पानामा र भियतनामका ध्वजावाहक जहाजहरूले सो क्षेत्र पार गरिसकेका छन् ।

यीमध्ये अधिकांश जहाज प्रतिबन्धित रहेको अल जजीराले उल्लेख गरेको छ । ओमानको खाडी नजिकै अमेरिकाले नौसैनिक नाकाबन्दी घोषणा गरेको अवस्थामा हर्मुज स्ट्रेटबाट बाहिरिएका यस्ता जहाजले अरब सागरमा प्रवेश गर्न पाउँछन् कि पाउँदैनन् भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

धेरैजसो जहाजहरूले इरानी सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) ले निर्धारण गरेको विशेष मार्ग मात्र प्रयोग गरिरहेका छन् । जलक्षेत्रको ठूलो हिस्सामा अझै पनि समुद्री धराप अर्थात् ‘सी माइन’ हुन सक्ने डरले व्यावसायिक कम्पनीहरूले सैन्य दस्ताले तोकेकै बाटो पछ्याएका हुन् ।

इरानले सो क्षेत्रबाट हुने सैन्य जहाजहरूको आवतजावतमा भने पूर्ण रोक लगाएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुजको जलक्षेत्र खुला भएको घोषणा गरेपनि समग्र व्यावसायिक ढुवानी जगतमा भने अझै पूर्ण विश्वासको वातावरण बनेको छैन। लामो समयदेखि समुद्रमै अड्किएका ट्याङ्कर र मालवाहक जहाजहरू अझै निश्चिन्त भइनसकेको अल जजीराले जनाएको छ । अन्तर्राष्ट्रिय ढुवानी कम्पनीहरूमाझ अहिले पनि सुरक्षालाई लिएर गहिरो अन्यौलता र त्रास देखिएको छ ।

इरानले जलक्षेत्र खुला भएको दाबी गरे पनि हिजो मात्रै करिब एक दर्जन जहाजहरू स्ट्रेटतर्फ अघि बढेर फेरि बीच बाटोबाटै फर्किएका थिए । सुरक्षित मार्गको अभाव र सम्भावित आक्रमणको डरले धेरै कम्पनीहरू अझै पनि जोखिम मोल्न तयार देखिएका छैनन् ।

यसैबीच युद्ध सुरु भएयता पहिलो पटक एउटा क्रुज जहाजले पनि स्ट्रेट अफ हर्मुज पार गरेको छ। माल्टाको झण्डा रहेको ‘सेलेस्टियल डिस्कभरी’ नामको पर्यटकीय जहाज दुबईमा ४७ दिनदेखि रोकिएको थियो । हाल खाली अवस्थामा रहेको सो जहाज ओमानको राजधानी मस्कटस्थित बन्दरगाहमा छोटो समय रहेर आफ्नो गन्तव्यतर्फ लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ३ : २९ बजे

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने