सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव « Khabarhub

सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।

मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको सिमाना हेरफेर, मर्जर तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकन गर्ने उद्देश्यले प्रारम्भिक मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त मस्यौदालाई अन्तिम रूप दिन जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सहजीकरणका लागि बोधार्थ पठाइएको छ ।

मन्त्रालयका अनुसार ऐनको दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका तथा नगरपालिकाको सिमाना हेरफेर, दुई वा बढी स्थानीय तह गाभ्ने तथा वडाको संख्या समायोजन गर्ने विषय समेटिएको छ ।

यस सम्बन्धमा कुनै पनि राय वा सुझाव भए तीन दिनभित्र मन्त्रालयको आधिकारिक इमेलमा पठाउन सरोकारवालालाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ५ : ४७ बजे

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपा सभापति लामिछानेले बोलाए सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी

होर्मुज जलमार्गमा भारतीय जहाजमाथि ‘फायरिङ’

काठमाडौं – होर्मुज जलडमरूमा शनिबार दिउँसो दुई भारतीय व्यापारी जहाजमाथि

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी

ट्रम्पलाई नोबेल शान्ति पुरस्कार उपहार दिएकोमा पश्चाताप छैन : मचाडो

मड्रिड – गत बर्षको नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी