समुद्रशास्त्र : तपाईंको दाँत खप्टिएको त छैन, यस्ता विशेषता हुँदा भाग्यमानी ! « Khabarhub

समुद्रशास्त्र : तपाईंको दाँत खप्टिएको त छैन, यस्ता विशेषता हुँदा भाग्यमानी !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको भाग्य समेत निर्धारण गर्ने समुद्रशास्त्रले बताउँछ । शास्त्रका अनुसार शरीरमा भएका यस्ता संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

१.दाँतमाथि दाँत खप्टिनु

समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

२. छवटा औँलाः

सामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् । यस्तै यिनीहरुले आफ्नो कामबाट प्रसिद्धि पनि कमाउँछन् ।

३.दाँतको बीच खाली ठाउँः

दाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् । यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँत बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्तिहरु पैसादेखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

४.पुरुषको छातीमा रौँः

यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । छातीमा रौँ भएका पुरुष धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ७ : ५८ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो