होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो « Khabarhub

होर्मुज बन्द हुँदा बंगलादेशमा इन्धन संकट, विश्वविद्यालय बन्द, कार्यालय समय घटाइयो


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ढाका- होर्मुज स्ट्रेट बन्द हुँदाको असर बंगलादेशमा स्पष्ट देखिन थालेको छ। देशमा इन्धन सङ्कट गहिरिँदै गएको छ । बंगलादेशले आफ्नो करिब ९५ प्रतिशत इन्धन आवश्यकता आयातबाट पूरा गर्छ।

पेट्रोल पम्पहरूबाहिर लामो लाइन लाग्न थालेको छ । मानिसहरूलाई तेलका लागि घण्टौँसम्म पर्खनुपर्ने अवस्था आएको छ। ऊर्जा बचतका लागि सरकारले विश्वविद्यालयहरू बन्द गरेको छ । कार्यालयहरूको कामको समय पनि घटाएको छ।

कोक्स बजारमा एक बस चालकले इन्धन भर्नका लागि करिब साढे पाँच घण्टा पर्खनुपरेको बताए । जसले गर्दा यात्राहरू प्रभावित भएका छन्।

चालकहरू लेहरेक सवारीलाई दिइने इन्धन लामो दूरीका लागि पर्याप्त नरहेको पनि बताएका छन् ।

इरानको कडा कदम

इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) नौसेनाले भनेको छ, ‘अमेरिकाले उसको नाकाबन्दी नहटाएसम्म यो महत्वपूर्ण समुद्री मार्ग बन्द नै रहनेछ।’

यसअघि इरानले जहाजहरूलाई शुल्क र अनुमति लिएर गुजर्न दिन्थ्यो, तर अहिले कडा रवैया अपनाउँदै यसलाई पूर्ण रूपमा बन्द गरेको छ।

नौसेनाले यो निर्णयको उल्लङ्घन गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। इरानले अमेरिकाको नाकाबन्दी युद्धविरामको उल्लङ्घन भन्दै त्यसको जवाफमा यो कदम चालिएको जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : १३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको