गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ « Khabarhub

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन सभापति गगनकुमार थापालाई चुनौती दिएका छन् ।

आइतबार देउवा समूहले धुम्बाराहीमा राखेको छलफलमा सहभागी भएका उनले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन थापालाई चुनौती दिएका हुन् ।

‘हिम्मत भए लेटरप्याड दुरुपयोग काण्डमा पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाऊ, ‘बलायरले चेतावनीको शैलीमा, ‘तर उक्त कारबाहीपछि आउने परिणाम पनि भोग्न तयार रहनू ।’

बलायरले पार्टीभित्रको सङ्घर्ष र त्याग सानेपाको पदमा रहेकाहरूको भन्दा धुम्बाराही बैठकमा बसेका नेताहरूको ठूलो रहेको बताए ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि पुगेको सबै ठाउँमा जमानत जफत भएको आरोप पनि उनले लगाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : २३ बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली