हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट « Khabarhub

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन् श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। धरान उपमहानगरपालिकाको मेयर पद सामाजिक सञ्जालकै बलमा जितेका उनी अहिले संघीय सांसद छन् ।

तर केही दिनयता उनको हातमा करिब १४ लाख फलोअर भएको फेसबुक पेज नै छैन। अत्यधिक रिपोर्ट परेपछि उनको फेसबुक पेज नै अहिले गायब भएको छ।

आइटी विज्ञहरूले उनको आइडी अत्यधिक रिपोर्टका कारण निमल्बनमा परेको हो । उक्त आइडी अब तत्कालै फर्किने नफर्किने टुंगो छैन ।

अर्थात्, अहिले हर्क आफ्नो प्रमुख शक्ति नहुँदा निरीह देखिएका छन् । उनी अहिले अन्य पेजहरूमा कहिले लाइभ त कहिले भिडियो पोस्ट गरेर झुल्किन्छन्।

उनै हर्कले धरानको मेयर मेयर हुँदा नै एक घण्टामा ५० वटा पोस्ट गर्दै फेसबुकको भित्ता रंगाएका थिए । त्यसबेला उनले सबै पोस्टहरू तत्कालीन ऊर्जामन्त्रत्री कुलमान घिसिङ र रवि लामिछाने तथा बालेन्द्र शाह लक्षित थिए । पुस १४ गतेदेखि २६ गतेसम्म यी तीन नेता एकठाउँदा हर्क एक्लो भएपछि तनावमा थिए । त्यहीबेला उनले एक दिनमा ५० वटासम्म पोस्ट गर्न भ्याए।

अहिले ठ्याक्कै उनै हर्कजस्तै शैलीलाई पछ्याएका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले । इरानविरुद्धको युद्धमा ५६ प्रतिशत अमेरिकीले ट्रम्प असफल भएको निष्कर्ष निकालिरहँदा उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय भएका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक घण्टाभित्रै ३७ वटा पोस्ट गरेपछि अनलाइन गतिविधि चर्चाको विषय बनेको छ।

छोटो समयमै लगातार पोस्ट गरिएको सामग्रीमध्ये केही पोस्ट दोहोरिएको तथा एउटै विषयलाई दुई–तीन पटकसम्म राखिएको देखिएको छ। यसले सामाजिक सञ्जाल प्रयोगको शैलीबारे विभिन्न अड्कलबाजीहरू जन्माएको छ।

यद्यपि, यति तीव्र गतिमा पोस्ट गर्नुको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन। यसैबीच इरानको इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (इर्ना) ले व्यंग्य गर्दै ट्रम्पको यस्तो गतिविधिबारे प्रश्न उठाएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो गतिविधिलाई इरानविरुद्धको युद्धमा भोगेको असफलतालाई ढाकछोप गर्ने प्रयासकाा रुपमा लिइएको छ। ट्रम्प तनावमा रहेका बेला सामाजिक सञ्जाल प्रयोगको शैलीबारे पनि प्रश्न उठेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : ४२ बजे

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा