आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न « Khabarhub

आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन(आईओएम) को सहकार्यमा आयोजित कार्यशाला आज यहाँ सम्पन्न भएको हो । 

कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, कार्यान्वयन र चुनौतिबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उनले नेपालमा वैदेशिक रोजगारले गर्दा आप्रवासन संस्कृति बढेको बताउँदै यसलाई सुरक्षित र मर्यादित बनाउन धेरै चुनौति थपिएको सुनाए । 

जनसङ्ख्याविद् प्राडा योगेन्द्रबहादुर गुरुङले नेपालको जनसङ्ख्या गणनाको प्रकिया र यसमा आप्रवासनको अवस्थाबारे जानकारी दिए । मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले नेपालको आप्रवासन नीति, रोजगारको हक, श्रम ऐनको महत्वलगायत विषयमा जानकारी गराए। ऐन कानुनको व्यवहारिक जटिलता र जानकारीको अभावले कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । 

कार्यशालामा ‘आइओएम रिजनल अफिस एसिया एन्ड प्यासिफिक’ थाइल्यान्डका प्रतिनिधि मिको अलाजले एसियाको आप्रवासन प्रवृत्तिबारे भर्चुअल माध्यमबाट जानकारी दिए । सोही क्षेत्रका प्रतिनिधि डा यु यिप चिङ्ग (एनि)ले एसिया प्रशान्त क्षेत्रको आप्रवासनबारे भिडियोमार्फत जानकारी गराएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले आप्रवासनसम्बन्धी समाचार लेखन र शैलीमा अपनाउनुपर्ने संवेदनशीलताबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रस्तोता असोक राईले डाटा सुरक्षा र गोपनीयता र जनकराज भट्टले मिडियामा आप्रवासनका समाचार उठान गर्दा अपनाउनुपर्ने संवेदनशीलताबारे कार्यपत्र प्रस्तुत गरे । 
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ३४ बजे

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले

सरकारलाई हर्कको सुझाव- विद्यार्थीलाई सातामा ३ दिन किताब र ४ दिन श्रम सिकाऔँ

काठमाडौं–  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे