सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध « Khabarhub

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । 

सडक डिभिजन हेटौँडाले आज बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर र एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो ।  

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् । 

वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताए। 

‘आज बिहानैदेखि विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा जनजीवन प्रभावित भएको छ’, उनले भने, ‘स्थानीय प्रशासनले आवश्यक तयारीबिना सडक विस्तार गर्दा गर्मीयाममा सर्वसाधारण प्रभावित भएका छन् । बिजुली नहुँदा मोटर नचल्दा बोरिङबाट पानी निकाल्न नपाउँदा शौचालय जाने पानीको अभाव भएको छ ।’

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोले मितेरीपुलबाट गण्डक नहर सडक विस्तार गर्ने क्रममा विद्युत्को नियमित आपूर्ति प्रभावित हुने बताए। 

‘आजदेखि वैशाख ८ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने देखिन्छ’, उनले भने, ‘काबुबाहिरको मर्मत सुधार कार्यहरू बढी समय लाग्ने देखिने हुँदा बिहानैदेखि मर्मतसम्भार कार्य जारी रहेको छ ।’

उनले विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक धैर्यता अपनाउन पनि आह्वान गरे।
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ५ : ५८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने