हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि | Khabarhub Khabarhub

हात खुट्टा फुटेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी घरेलु विधि


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा देखिने साझा समस्या भनेका छाला फुस्रो हुने, हातगोडा फुट्ने लगायत हुन् । चाहे बृद्ध हुन या युवा खुट्टा फुट्ने समस्याले सवैलाई सताएको नै हुन्छ । यसरी खुट्टा फुट्दा बाक्लो अनि कडा सेतो छालाको लेउ जम्ने गर्दछ । कतिपयको रगत आउने पनि समस्या देखिन थाल्छ ।

सबैले यसलाई खुट्टा तथा कुुर्कुच्चा फुटेको भनेर परिभाषित गरेपनि वास्तवमा यो कुर्कुच्चा फुटेको भने पक्कै पनि होईन । यो शरीरको प्रतिरक्षा प्रणली भएकाले समयमै यसको सरसफाई गर्नु आवस्यक हुन्छ । यसलाई हेलचेक्रयाई गरेमा यसले बिकराल रुप लिएर निको नै नहुनेगरी त्यहिँ टाँस्सिएर बस्न सक्छ ।

जब कुनै समयमा हाम्रो नरम छाला अर्को कुनै कडा बस्तुसंग नियमित रुपमा घर्षण गर्न पुग्छ त्यसपश्चात हाम्रो छालाले आफ्नो प्रतिरक्षाका लागि एउटा कडा छालाको रक्षात्मक बाँध निर्माण गर्दछ । जसलाई ‘क्याल्स’ भनिन्छ । बिशेषगरी यो हात तथा खुट्टाहरुमा आउने गर्दछ ।

यस्तो कडा प्रकारको छालालाई तुरुन्त हटाउन निकै समस्या पर्न सक्छ । तर चिकित्सा शास्त्रको सहयोगमा असम्भब भने छैन् । तर महंगो चिकित्सा शास्त्रभन्दा घरेलु सस्ता तथा भरपर्दा उपायहरु लिएर आएका छौ जुन हात तथा खुट्टाका क्याल्सलाई हटाउन सहयोग गर्दछ ।

१. चिनी

एउटा सफा भाँडामा आधा ग्लास जति चिनी राख्नुहोस्, सो भाँडामा चिनिको आधाभाग जती मनतातो पानी, ग्लिसिरिन, शुद्ध नरिवलको तेल मिसाउन सक्नुहुनेछ । सो मिश्रणलाई घोलेर बाक्लो लेदो बनाउनुहोस् । यस्तो मिश्रणमा पुदिना पनि मिसाउन सक्नुहुनेछ । यस्तो मिश्रणलाई दैनिक रुपमा ‘क्याल्समा’ लगाउनाले फुटेको छाला तथा हात–खुट्टालाई मुलायम तथा सफा बनाउन सहयोग गर्दछ ।

२. भुइँकटहर

भुइँकटहर तास्दासाथै त्यसको बोक्राले फुटेको छालामा प्रयोग गर्नाले फुटेको छाला तथा कुर्कुच्चालाई नरम बनाउँछ । सो बोक्राले पूर्ण रुपमा तपाईको फुटेको भागमा पूरै छोप्नुहोस् र माथिवाट सफा तथा नरम कपडाले बाँध्नुहोस् । बाँधेको केही घण्टा पश्चात त्यसलाई परिवर्तन गर्नुहोस् । १ हप्तासम्म दैनिक प्रयोग गर्नाले भुइँकटहरका भएको बोक्रामा पाईने इन्जाइम र एसिडको कारणले फुटेको स्थानमा निको बनाउन सहयोग गर्दछ ।

३. मनतातो पानी

मनतातो पानीमा खुट्टा भिजाउने गर्नाले यसले प्रभावकारी तरिकाले काम गर्दछ । यस्तो प्रकारको प्रयोग नियमित गर्नाले छाला नरम हुनुका साथै फुट्ने तथा ‘क्याल्स’ जम्ने संभावना हुदैन् । यसका साथसाथै १ गिलास मनतातो पानीमा ३ चम्चा बेकिङ्ग सोडा मिसाएर खुट्टा डुवाउने गरेमा पनि खुट्टा फुट्ने समस्या समाधान हुन्छ ।

४. बेकिङ्ग सोडाः

आवश्यक्ता अनुसार मनतातो पानिमा ३(४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् । यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

अन्य विधि

१. फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ ।

२. हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ ।

३. राति सुत्नुअघि कुनै राम्रो गुणस्तरको मोश्चराइजर लगाउँनुस् । दिनमा कम्तीमा पनि चारपटक मोश्चराइज क्रिम प्रयोग गर्नुपर्छ ।

४. जाडो समयमा हात बारम्बार सुख्खा हुनु स्वभाविक हुन्छ । हातमा कम तैलीय ग्रन्थी भएका कारण यस्तो हुन्छ । कपडा र भाडा धुँदा हातको अवस्था झन् खराब हुन्छ । यस्तो स्थितिमा हातलाई नियमित रुपमा एक्सफोलियट र मोश्चराइजर गर्नुपर्छ । हातमा लगाउन कतिपय प्याक घरमै पनि बनाउँन सकिन्छ ।

५. ग्लिसिरिन र गुलाब जलको मिश्रणलाई एउटा बोत्तलमा भरेर फ्रिजमा राख्नुस् र कुनै पनि काम गर्नुअघि यो मिश्रणलाई हातमा लगाएर मसाज गर्नुस् । नियमित प्रयोग गर्ने हो भने तपाईंको हात पूरानै स्थितिमा फर्कनेछ ।

६. हात धुन मोश्चराइजयुक्त साबुन प्रयोग गर्नुस्, जसबाट हात सुख्खा हुन र फाट्न पाउँदैंन । साबुन किन्नुपूर्व त्यसमा ओलिभ आयल प्रयोग गरे नगरेको ख्याल गर्नुस् ।

७. दिनभरमा आठदेखि दश गिलास पानी पिउँनुस् । यसबाट छाला नरम हुनेछ र हात फुट्ने समस्या पनि रहनेछैन । बडीलोशन या कुनै पनि क्रिमले छालालाई नरम बनाँउनेछ । तर, धेरै पानी पिउनाले शरीरलाई भित्रैदेखि नरम बनाउँनेछ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ११ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड