रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने « Khabarhub

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले केन्द्रीय सङ्गठन विभागको विज्ञ समूह सदस्यमा तीनजना सदस्यहरू मननीत गर्ने निर्णय भएको गरेको छ । जसमा कमल खनाल रूपन्देहीबाट, तोरण बिक सुर्खेतबाट र उदय सापकोटा रौतहटबाट रहेको महामन्त्री बुर्लाकोटीले बताए ।

बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ भने पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको उनले जानकारी दिए ।

त्यस्ते बैठकले महाधिवेशनको लागि तयारी गर्न कार्यविधि बनाउन महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बुर्लाकोटीले बताए ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : २२ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म