गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग « Khabarhub

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

विवादास्पद व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको साझेदारी रहेको विषय बाहिरिएपछि मुभमेन्टका प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गरी गुरुङमाथि लागेका गम्भीर आरोपहरूमाथि निष्पक्ष छानबिनका लागि पदबाट हटाइ पक्राउ गरेर निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रीको ओहदामा रहेर आफ्नैविरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत रहेको भन्दै मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य रहेको जिकिर गरेको छ ।

यस्तै विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाहलाई परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन समेत आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक निर्णय हो। हचुवाको भरमा मन्त्री नियुक्त गर्ने, फेरि हटाउने कच्चा र अमर्यादित खेल अब अस्वीकार्य छ। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनै पर्छ।’

मुभमेन्टले यो कुनै साधारण सरकार नभइ ७६ जना शहीदहरूको रक्तबलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व रहेको उल्लेख गर्दै जनताको त्याग र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई नभएको बताएको छ ।

मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने समेत चेतावनी दिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ०६ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ