एक्सन फिल्मले गर्लान् त रजगज ? « Khabarhub

एक्सन फिल्मले गर्लान् त रजगज ?


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् । कथा र दमदार एक्सन दक्षिण भारतीय फिल्मको बजार विस्तारको प्रमुख कारण मानिन्छ ।

फिल्ममा यिनै कन्टेन्ट खोज्न ठूलो संख्याका नेपाली दर्शक भारतीय फिल्मप्रति आकर्षित छन् । तर, नेपालमा एक्सन जनरामा कम फिल्म गरेको पाइन्छ ।

गत वर्ष नेपालमा ५७ वटा फिल्म प्रदर्शनमा आए । जसमा दुईले एक्सन जनरा पछ्याए । चार प्रतिशतभन्दा कम फिल्मले एक्सन जनरा रोजेको पाइन्छ ।

सफलताको दर पनि यस्तै छ । नेपालमा १७ वटा फिल्मले १० करोड व्यापार कटाएका छन् । जसमा एक्लो एक्सन फिल्म ‘१२ गाउँ’ हो । १० करोड ग्रस कटाउने फिल्महरूको सूचीमा एक्सन जनराको हिस्सा ६ प्रतिशतभन्दा कम छ ।

पछिल्लो समय विदेशी फिल्महरूले एक्सन कन्टेन्टको स्तर बढेको छ । बजार ठूलो भएकाले एक्सनमा लगानी गर्न उनीहरूलाई सहज छ । नेपाली मेकरहरूलाई महँगो लाग्ने भीएफएक्स प्रविधिमा उनीहरू लगानी गर्न सक्षम छन् ।

प्रविधिको प्रयोग गरेर उनीहरूले गुणस्तरीय फिल्म दिन उनीहरूलाई लगानी बाधक बन्ने सम्भावना न्यून छ ।

एक्सन फिल्म खिच्न र प्रोडक्सनको खर्च अन्यको तुलनामा बढी हुने भएकाले नेपाली मेकरहरू यस जनारमा प्रवेश गर्न हच्किएको पाइन्छ ।

सेट निर्माण र खिच्न समय लाग्दा खर्च बढी हुने भएकाले एक्सन फिल्मको संख्या घटेको पाइन्छ ।

उही टिकटदरमा स्तरीय विदेशी फिल्म हेर्न पाउने भएकाले दर्शकहरू पनि नेपालीमा एक्सन फिल्ममा कम आकर्षित छन् ।

तर, डेढ दशकअघिको समयमा एक्सन फिल्महरूकै राज थियो । राजेश हमाल, निखिल उप्रेती र विराज भट्ट यही युगमा प्राइममा रहेका नायकहरू हुन् ।

निखिल र विराजको कोशिष

निखिल उप्रेती एक्सन किङकै छवि बनाएका नायक हुन् । रियल स्टन्ट गर्ने नायकका रुपमा उनी चिनिन्छन् ।

विराज पनि एक्सनले नै चर्चामा आएका नायक हुन् । यी दुई समकालीन नायक हुन् ।

पुरानो धारका फिल्महरू विस्थापनको घानमा परेर निखिल र विराज छायामा परे । अनि दुवै निर्देशनमा होमिए ।

निखिलले एक्सन जनराको फिल्म ‘भैरव’ निर्देशन गरे । त्यो पनि बक्स अफिसमा चलेन । न एक्सनको नै तारिफ भयो ।

विराज ४–५ वर्ष भोजपुरी फिल्म खेलेर सन् २०१७ मा फर्किए । कमब्याक लागि उनले फिल्म ‘साङ्लो’ निर्देशन गरे । विराजको हालत पनि निखिलकै जस्तो भयो ।

तर, ०८२ सालमा विराजले छोरालाई डेब्यू गराउन ‘१२ गाउँ’ निर्देशन गरे । यो फिल्मले १९ करोड ९२ लाख व्यापार गर्‍याे ।

यही फिल्मपछि नेपालमा एक्सन फिल्मको क्रेज बढ्न लागेकाे छ । केही निर्देशकहरू एक्सनमा केन्द्रित भएका छन् ।

यता निखिल एक्सन जनारामै ‘आचार्य’ बनाउँदैछन् । विराज स्टारर एक्सन फिल्म ‘राम नाम सत्य’ प्रदर्शनरत छ ।
विराज ‘१२ गाउँ २’ बनाउने तयारीमा छ ।

०८१ सालअघिका केही वर्ष एक्सन फिल्मको चर्चा हुने छाडेको थियो । ‘१२ गाउँ’ले एक्सनमा मेकरहरूमा चासो भने बढाएको छ ।

विराज र निखिलहरू विदेशी लेभलको एक्सन नेपाली फिल्ममा देख्न पाइने बताउँदै आएका छन् ।

फेरि एक पटक नेपाली फिल्म क्षेत्रमा एक्सन फिल्मको रजगज होला त ?

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ८ : ०५ बजे

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने