‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु « Khabarhub

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु भएको छ । 

मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङ/लिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु भएको हो । सो आयोजनाको शिलान्यास मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले गरेका थिए ।
 
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले योजना अघि बढेको हो । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन गरिने भएको छ । 

उत्खनन गरिएको पानी करिब एक किलोमिटर माथि डाँडोमा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले बताए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहेपनि तत्काल अति समस्यामा परेका दुई सय घरमा विस्तार गरिने जनाइएको छ । 

यो आयोजना मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाख रुपैयाँ बराबरको श्रमदान गरी ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ । 

मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुई वटा शाखा ट्याङ्की एक हजार पाँच सय लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिना अघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ । 

चालु आर्थिक वर्षभित्रमै सबै घरधुरीमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए । 

यसअघि जिल्लाको मोदी र फलेवास नगरपालिकाका विभिन्न स्थानमा बोरिङमार्फत पानी उत्खनन गरी वितरण गरिएको छ । 
 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ५ : ४४ बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६