एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता « Khabarhub

एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ ।

एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ ।

कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका–१० धैनकोट घर भएका मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गदै आएका थिए ।

५२ वर्षीय मल्लविरुद्ध पीडित भनिएकी महिलाको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

०८० भदौ १२ मा एकछिन भेटौँ भनेर बोलाएका मल्लले खाजा खाएकै होटलको कोठामा आफूलाई जबरजस्ती करणी गरेको महिलाको आरोप छ ।

उनले त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनको दाबी छ । निरन्तरको यौन सम्पर्कका क्रममा पेटमा गर्भ बसेपछि मल्लले ०८२ असार २ गते गर्भपतन गर्न लगाएपछि आफू मानसिक तनावमा परेको उनको भनाइ छ ।

अधिकार प्राप्त अधिकारीसँगको बयानमा ती महिलाले मल्लले उजुरी गरे ज्यान मार्नेसम्मको धम्कीसमेत दिएको बताएकी छिन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : ०२ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद