मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु « Khabarhub

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा आजदेखि ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला–२०८३’ सुरु भएको छ ।

सो क्षेत्रमा बडेमान ढुङ्गा खोपेर कलाकारले विभिन्न मूर्तिका आकार दिनेछन् । जसले आकर्षक पर्यटकीय क्षेत्र मुस्ताङका लागि कला पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कलाकारहरुले सो क्षेत्रमा १५ दिन बसेर ढुङ्गालाई मूर्तिमा ढाल्ने छन् ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने जानकारी दिए । उनले भने, “हामीले घरपझोङमा विभिन्न आकारका ढुङ्गाहरूलाई मूर्तिको रूप दिने छौँ । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

कार्यशालाको उद्घाटन गर्दै घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताए ।

उनले भने, ‘तपाईँहरूले यहाँको ऐतिहासिक विषयवस्तुमा आधारित रहेर कला सिर्जना गर्नुहुने छ, यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्रस्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका रहेको छ ।”

१५ दिनसम्म सञ्चालन हुने कार्यशालामा ३० कलाकारको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ११ : ०१ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।