इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ « Khabarhub

इरानले भन्यो : अमेरिकाले फेरि जुनसुकै बेला आक्रमण गर्न सक्छ


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी नेतृत्वले वार्ता अघि नबढेको अवस्थामा अमेरिकाले जुनसुकै बेला आक्रमण गर्न सक्ने शंका व्यक्त गरेको छ।

इरानका न्यायपालिकाका प्रमुखले एक चेतावनी दिँदै अमेरिका थप आक्रमण गर्ने तयारीमा रहेको बताएका छन्।

इरानका न्यायपालिकाका प्रमुख गुलामहुसैन मोहसेनी एजेईले अमेरिकाले देशमाथि नयाँ आक्रमण गर्न सक्ने बताएका छन्।

इरानी समाचार एजेन्सी फार्सका अनुसार उनले तेहरानलाई पूर्ण रूपमा तयारी अवस्थामा रहन आवश्यक रहेको बताएका छन्।

उनले धेरै उच्चस्तरीय इरानी अधिकारीहरू मारिए पनि अमेरिका अझै आफ्नो युद्धको लक्ष्य हासिल गर्न सफल नभएको पनि बताए ।

उता इरानको संयुक्त सैन्य कमाण्डले मंगलबार अमेरिकाको कुनै पनि धम्कीको कडा जवाफ दिन तयार रहेको जनाएको छ।

खातम अल-अनबिया केन्द्रीय मुख्यालयका कमाण्डर अली अब्दोल्लाहीले इरानका सशस्त्र बल एकजुट रहेको बताउँदै शत्रुको कुनै पनि कदम वा धम्कीको तुरुन्त, निर्णायक र कडा जवाफ दिन तयार रहेको बताए।

उनले इरानका लगातार मिसाइल र ड्रोन आक्रमणकै कारण अमेरिका र इजरायल युद्धविरामको माग गर्न बाध्य भएको दाबी पनि गरे।

इन्टरनेट ५३ दिनदेखि बन्द

इरानमा इन्टरनेट ठप्प हुने क्रम ५३औँ दिनमा पुगेको छ। इन्टरनेट निगरानी गर्ने संस्था नेटब्लक्सका अनुसार सरकारले इन्टरनेट पूर्ण रूपमा खुला नगरी केही व्यक्ति र व्यवसायलाई मात्रै सीमित पहुँच दिएको छ।

देशका अधिकांश जनता अझै पनि ग्लोबल इन्टरनेटबाट वञ्चित छन्। नेटब्लक्सले सरकार टियर सिस्टम अर्थात् विभिन्नस्तरमा इन्टरनेट पहुँच दिने व्यवस्था लागू गरिरहेको बताएको छ।

यसको अर्थ केही विशेष व्यक्ति वा संस्थाले मात्रै इन्टरनेट प्रयोग गर्न पाइरहेका छन्, तर आम नागरिकले भने पाएका छैनन्। यसले ठूला असर देखिएका छन् ।

सर्वसाधारणको दैनिक जीवनमा गम्भीर प्रभाव परेको छ । व्यापार तथा अर्थतन्त्रमा निरन्तर क्षति भइरहेको छ । संस्थाका अनुसार यस्तो डिजिटल सेन्सरशिपको असर समयसँगै झन् गम्भीर बन्दै गएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  १ : ५२ बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को