कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य « Khabarhub

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठन गरेको समितिले मंगलबारदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगनकुमार थापा, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी थिए ।

बैठकमा पार्टी सभापति थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका थिए । संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रमममा केही प्रावधानहरु संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाइ थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतीलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए । समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरि संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर तयारी गरिरहेका बेला कांग्रेसले पनि यसबारे गृहकार्य सुरु गरेको हो । सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए । उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी विहिबार बस्ने तय गरिएको छ ।

कांग्रेसले बनाएको समितिको सदस्यहरुमा बरिष्ठ अधिवक्ता तथा संविधानविद्हरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरु रनवहादुर थेवे, सर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : ५८ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का